२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

​​​​​​​एनपिएल आयोजना हुन्छ : क्यान अध्यक्ष चन्द



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोभिडका कारण रोकिएको क्रिकेट खेलले विस्तारै गति लिने बताउनुभएको छ ।

लामो समयदेखि क्रिकेटका कुनैपनि खेल हुन नसकेको अवस्थामा अब भने क्यानले नेपाल प्रिमियर लिग सहित विभिन्न घरेलु खेलहरुको आयोजना छिट्टै गर्न लागेको बताउनुभयो । शनिवार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष चन्दले नेपालको क्रिकेटलाई विश्वस्तरीय बनाउन धेरै सुधार गर्नुपर्ने र क्यानले त्यसतर्फ ध्यान दिएको पनि प्रष्ट पार्नुभएको छ । विश्वभर चर्चा पाउने गरी एनपिएल आयोजना गरिने पनि अध्यक्ष चन्दले बताउनुभयो । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनभएका डेभ वाटमोरको कारण क्रिकेट विकासमा टेवा पुग्ने अध्यक्ष चन्दले बताउनुभयो ।

क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरूको छनौट गर्दा उनीहरूको क्षमतालाई मुख्य प्राथमिकता दिने समेत अध्यक्ष चन्दले बताउनुभयो । यस्तै निजी स्तरमा सञ्चालन भइरहेका लिगहरूलाई पनि कानूनी दायरामा ल्याउने बताउनुभयो । सरकारले नेपालको क्रिकेट विकासमा ध्यान दिन नसक्दा नेपाली क्रिकेटले लक्ष्य अनुसार फड्को मार्न नसकेको पनि अध्यक्ष चन्दले बताउनुभयो ।