२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलेटिको म्याड्रिडमाथी रियल म्याड्रिडको जित



अ+ अ-

म्याड्रिड । स्पेनी ला लिगामा शनिबार भएको खेलमा रियल म्याड्रिडले डर्बी खेलमा एटलेटिको म्याड्रिडलाई २–० ले हराएको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको एटलेटिकोले यससँगै सिजनको अपराजित यात्रा पनि गुमाएको छ ।

रियलले कासेमिरोको गोलले १५ औं मिनेटमा अग्रता लिएको थियो । यसक्रममा एटलेटिका सिजनका ११ खेलमा पहिलो पल्ट पछाडि परेको थियो । जिनेदिन जिदानलाई स्थिति सजिलो बनाउन जान आबलाकले आत्मघाती गोल गरे ।

हारका बाबजुद एटलेटिको अझै २६ अंकमा पहिलो स्थानमा छ । रियल भने छिमेकी क्लबसँगको दूरी घटाएर तेस्रो स्थानमा उक्लेको छ । उसको २३ अंक छ । डिएगो सिमोनीको क्बलले रियलको तुलनामा एक खेल भने कम खेलेको छ ।