२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्र्ड टेबल टेनिस डेमा विशेष कार्यक्रम हुने



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय टेबल टेनिस फाउन्डेसन र विराटनगर टेबल टेनिसको आयोजनामा अप्रिल ६ ‘वल्र्ड टेबल टेनिस डे’ मा विराटनगरमा विशेष कार्यक्रम हुने भएको छ । 

‘महिला शसक्तिकरण र लैंगिक समानता’ मूल नारासहित हुने त्यस कार्यक्रममा माध्यमिक विद्यालय, उच्च माध्यमिकन विद्यालय र महिला पारा टेबल टेनिस खेलाडीलाई प्रशिक्षण दिइनेछ । यस्तै समूहगत स्पर्धामा पनि प्रतियोगिता हुनेछन् । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यका अनुसार काउन्डेसनले विशेष कार्यक्रमका लागि नेपाललाई पनि रोजेको हो । यसअघि संघले फाउन्डेसनमा कार्यक्रमका लागि छनोट गर्न अनुरोध सहितको कार्यक्रमको विवरण पठाएको थियो ।

संघको आयोजनामा यसअघि पनि ‘वल्र्ड टेबल टेनिस डे’ का अवसरमा विधिध कार्यक्रम आयोजना गर्दै आएको छ ।