२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगः ब्राइटनमाथि साउथह्याम्पटनको जित



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा सोमबार राति भएको खेलमा साउथह्याम्पटनले एक गोलले पछाडि रहेको स्थिति उल्ट्याएर ब्राइटनलाई २–१ ले हराएको छ । पारम्परिक दक्षिणतटीय प्रतिद्वन्द्वीबीचको खेलमा ब्राइटनले पास्कल ग्रसको गोलमा अग्रता लिएको थियो ।

त्यसयता साउथह्याम्पटनका लागि जानिक भेस्टगार्ड र ड्यानी इन्ग्सले गोल गरे । इन्ग्सले ८१औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् । यो नतिजापछि साउथह्याम्पटनको ११ खेलबाट २० अंक भएको छ ।

यससँगै क्लब लिग तालिकाको पाँचौं स्थानमा उक्लन सफल पनि भएको छ । ब्राइटन भने १० अंकसहित १६औं स्थानमा रह्यो । यो रेलिगेसन क्षेत्रबाट चार अंकको दूरी मात्र हो ।