१९ असार २०८३, शुक्रबार
,
Latest
आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवस



अ+ अ-

काठमाडौं । पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराइएको छ ।  ।  नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले झण्डोत्तोलन गर्दै राष्ट्र निर्माणमा राष्ट्रपिता मोहम्मद अलिजिन्हाले गर्नुभएको योगदानको स्मरण गर्नुभयो । 

त्यसअघि राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएका बेग्लाबेग्लै सन्देश वाचन गरिएको थियो । यसै अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दिनुभएको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो । झण्डोत्तोलन समारोहमा दूतावासका कर्मचारी, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घका पदाधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो ।