१९ असार २०८३, शुक्रबार
,
Latest
आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा ओली–दाहाल छलफलमा, बिहान महासचिब पौडेल र नेता शर्मासँग दाहालको छलफल



अ+ अ-

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र  पुष्पकमल दाहालबीच आज शुक्रबार पनि प्रम निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

अधयक्ष ओलीसंग हिजो करिब चार घण्टा छलफल गर्नु भएका दाहालले आज बिहान पार्टी महासचिव बिष्णु पौडेल र नेता जनर्दन शर्मासंग दाहाल निवास खुमलटारमा छलफल गर्नुभएको  छ । 

खुमलटारमा छलफल सकिएपछि अध्यक्ष ओलीसंग छलफल गर्न उहाँ बालुवाटार जानुभएको हो ।  अध्यक्ष ओलीसंगको छलफल पछि बिहीबार अध्यक्ष दाहालले नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ  र साँझ आफूहरु निकट प्रदेश पाँचका केन्द्रीय सदस्यहरुसंग छलफल गर्नुभएको थियाे ।  

छलफलमा सहभागी नेताहरुका अनुसार विगतमा भन्दा यस पटक नेताहरु गम्भीर भएको र विषयवस्तुमा केन्द्रित रहेर छलफल गरेका कारण पार्टी भित्र देखिएको अन्योल हट्न सक्ने अवस्था रहेको बताइएकाे छ ।