१९ असार २०८३, शुक्रबार
,
Latest
आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीसंगको छलफलपछि दाहाल भेटघाटमा सक्रिय, प्रदेश पाँचका नेताहरु संग छलफल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहालले अर्का अध्यक्ष केपी ओलीसंग छलफल गरेपछि आज साझ प्रदेश पाँचका केन्द्रीय कमिटी सदस्यहरूसंग छलफल गर्नुभएको छ । 

काठमाडौंको थापागाउँस्थित प्रसिडेन्सियल  बिजिनेस  कलेजमा भएको छलफलमा  दहालले रोकिएको स्थायी कमिटी बैठकलाई निरन्तरता दिन अध्यक्ष ओलीसँग आफुले छलफल गरेको जानकारी गराउनु भएको थियो ।  

बैठकप्रति अध्यक्ष ओली सकारात्मक भएको भन्दै दहालले कसरी अघि बढ्ने भन्ने बारेमा शुक्रबार पुन छलफल हुने जानकारी गराउनु भएको छ । अध्यक्ष ओली संग छलफलपछि दहालले अन्य नेताहरु माधबकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ संग पनि छलफल गर्नुभएको थियो ।  

एक साताअघि यहि कलेजमा चार नेताले संञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दे कुनैपनि बेला पार्टी दुर्घटनमा पर्न सक्ने अबसथा रहेको भन्दै मानसिक रुपमा तयार रहन कार्यकर्ताहरुलाई सन्देश प्रबाह गर्नुभएको थियो ।  

भेला र नेताहरुले दिएको अभिब्यक्ति प्रति अध्यक्ष ओलीले आपत्ति जनाएपछि नेताहरु प्राय मौन रहेका थिए ।  बुधबारमात्र अध्यक्ष ओलीले पाँच दिन भित्र समस्या सकारात्मक दिशामा जाने बताउनु भएको थियो ।  

ओलीले यसो भने लगत्तै बिहिबार ओली र दाहाल बिच  करिब चार घण्टा छलफल भएको हो ।  १० असार गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा केही सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्र आन्तरिक मतभेद बढेको छ । जसका कारण स्थायी समितिको बैठक पटकपटक स्थगित हुँदै आएको छ ।