२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित



अर्थ समितिको बैठक काठमाडौँ, ५ चैतः संघीय संसद, प्रतिनिधिसभा अन्तर्गत मङ्गलबार सिंहदरबार बसेको अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकउपर दफावार छलफल गरिँदै ।तस्बिरः गोपाल दाहाल÷रासस
अ+ अ-

काठमाडौँ । संसदीय समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो ।

त्यसअघि समितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन उपर छलफल भइ पारित गरिएको थियो । समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको जानकारी दिनुभयो । उहाँले अब प्रतिनिधि सभामा पेश गर्नका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी लगातार विधेयकमा नै छौँ । अरु कार्यक्रममा पनि भेट हुने नै छ । मान्यज्युहरुलाई यो प्रतिवेदन पारित गरिदिनका लागि प्रश्ताव गर्दछु । सुझावसहितको प्रतिवेदन पारित भएको छ । प्रतिनिधि सभामा प्रतिवेदन प्रश्तुत गर्नका लागि सम्माननीय सभामुखसँग समय माग गर्ने । हामीले यो विधेयक आज पास गरेका छौँ ।’

समितिमा लामो समयदेखि भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकउपर छलफल भइरहेको थियो । आज समितिको बैठकले उक्त विधेयक छलफलसहित पारित गरेको हो ।