२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञान कूटनीति प्रवर्द्धनमा राज्यले जोड दिनुपर्छ- गणेश साह



अ+ अ-

काठमाडौँ। सरोकारवाला व्यक्तिहरूले विज्ञान कूटनीति प्रवर्द्धनमा राज्यले नै पहल लिनुपर्नेमा जोड दिनुभएको छ ।

कूटनीति तथा विकास केन्द्रले आज आयोजना गरेको नेपालमा विज्ञान कूटनीतिको सम्भावना विषयक छलफलका वक्ताहरूले मुलुकको समृद्धिका लागि विज्ञान कूटनीति प्रवर्द्धन हुनुपर्ने बताउनुभएको हो ।

पूर्वमन्त्री गणेश साहले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि विज्ञान कूटनीतिले वैदेशिक सम्बन्धको नयाँ पाटो मात्र नभएर अनिवार्य रणनीति प्रक्रिया रहनुपर्नेमा जोड दिनुभयो । “आर्थिक कूटनीति, विकास कूटनीतिमा अघि बढिरहेका छौँ, विज्ञानलाई पनि अब प्राथमिकतामा राख्न आवश्यक छ । आजको विश्व ज्ञान–आधारित हो, प्रविधिमा अग्रगामी जो छ, उसैको प्रभाव विश्व मञ्चमा देखिन्छ”, उहाँले भन्नुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा सुनिलबाबु श्रेष्ठले कूटनीतिक विज्ञान प्रवर्द्धनका लागि वित्तीय अभाव नै मुख्य चुनौती रहेको बताउनुभयो । “कोभिड जस्ता महामारीमा सम्बन्ध विस्तारका लागि विज्ञान कूटनीतिको महत्त्वपूर्ण भूमिका रहेको छ”, उहाँले भन्नुभयो, “दुई वा दुईभन्दा बढी देशबीच कूटनीतिक सम्बन्ध विस्तारका लागि पनि विज्ञान कूटनीतिको भूमिका छ । तर आर्थिक कूटनीति, विकास कूटनीतिको विकास भए पनि विज्ञान कूटनीति प्रवर्द्धन भने हुन सकेको छैन ।”

विज्ञान कूटनीतिले खाद्य सुरक्षाका लागि सहज गर्ने, दिगो विकासका लक्ष्य पूरा गर्न, जलवायुमैत्री कृषि प्रणाली अपनाउनका लागि विज्ञान कूटनीति प्रवर्द्धन आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।

केन्द्रको सचिव सम्झाना पोखरेल शाहका अनुसार केन्द्रले विदेश नीति र कूटनीतिक विषयहरूमा केही महत्त्वपूर्ण पुस्तकहरू पनि प्रकाशित गरिसकेको र त्यसले अन्तरराष्ट्रिय राजनीति बुझ्न योगदान पुर्‍याइरहेको विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रका संस्थापक अध्यक्ष तथा राजदूत मोहनकृष्ण श्रेष्ठले आगामी वर्षहरूमा अझ राम्रो जीवन यापनको लागि वैज्ञानिक ज्ञान र सुझावहरूले नयाँ जानकारी सिर्जना गर्ने र विकासलाई थप प्रभावकारी बनाउन सक्ने बताउनुभयो ।

प्रोफेसर डा अञ्जना सिंहले विज्ञान कूटनीतिक सम्बन्ध विस्तारका लागि विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरूले ती मुलुकमा सहकार्य बढाउन सकिने, नेपालमा पनि राजनीतिक प्रतिबद्धता तथा सहकार्य र समन्वयको जरूरी रहेको बताउनुभयो ।

पूर्वराजदूत शर्मिला पराजुली ढकालले पनि विदेशमा रहेका दूतावासमार्फत कूटनीतिक पल बढाएर विज्ञान कूटनीतिलाई प्रवर्द्धन गर्न सकिने र जनचेतनाको गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस