२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तोकिएको समयभन्दा एक वर्ष ढिलागरी सबै जिल्ला कमिटीका अधिवेशन सम्पन्न भएका छन् ।

धनुषा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएसँगै पार्टी सबै जिल्लाका अधिवेशन सम्पन्न भएका हुन् । विसं २०८१ जेठ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले धनुषामा अधिवेशन सम्पन्न भएसँगै सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो । यही जेठ महिनाभित्र जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोग अध्यक्ष डा सुब्बाका अनुसार अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घलगायतको महाधिवेशन गर्न बाँकी रहेको छ । ठूला जनसङ्गठनको १५१ केन्द्रीय कमिटी र साना जनसङ्गनठको ९९ केन्द्रीय कमिटी बनाउन पार्टीले निर्देशन दिएको छ । रासस