२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईको कडा टिप्पणी : स्थापित दलहरुको पाखण्डपूर्ण हर्कत मान्य नहुने चेतावनी



अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भिजिट भिसा प्रकरण छानबिन गर्न सरकारले बनाएको समिति हेर्दा सरकारको छलकपटपूर्ण हर्कत उदांगो भएको बताउनुभएको छ ।

नेता भट्टराईले सत्ताधारी र प्रमुख प्रतिपक्षी दलको राज्य दोहोनकारी चरित्र उदांगिएको टिप्पणी गर्नुभएको हो।

सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेपछि सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टराईले स्थापित राजनीतिक दलहरुको पाखण्डपूर्ण हर्कतलाई जनता मान्य नहुने चेतावनी दिनुभएको छ ।

नेता भट्टराईले सामाजिक सञ्जालमा के लेख्नुभएकोछ त ?

चर्चित भिजिट भिसा प्रकरणमा एक जना पूर्व प्रमुख कर्मचारीको नेतृत्वमा वहालवाला कनिष्ठ कर्मचारीहरू भरेर बनाएको हास्यस्पद ‘छानवीन समिति’ ले सत्ताधारी र प्रमुख प्रतिपक्षी दलरनेताहरूको राज्यदोहनकारी र छलकपटपूर्ण हर्कतलाई पूरै उदांगो पारेको छ।

जनयुद्ध शुरू गर्नु पहिले हामी तत्कालीन राजतन्त्र सहितको संसदीय प्रणालीको यस्तै पाखण्डी हर्कतलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ भनेर भण्डाफोर गर्थ्यौं र जनताको वास्तविक सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रको पैरवी गर्दथ्यौं ।

तर आज जनताको त्यत्रो बलिदानीपूर्ण संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई ‘पुराना जोगी’माथि एक ‘नयाँ जोगी’ थपिएर उस्तै पाखण्डपूर्ण हर्कत गर्छन् र जनताको सहज बुद्दि (कमन सेन्स) माथि समेत खेलबाड गर्छन् भने त्यो नेपाली जनता र वैकल्पिक राजनीतिक शक्तिहरूलाई मान्य हुन सक्दैन ।

अब भिजिट भिजा प्रकरण मात्र हैन यी तीन ठुला टाउका संलग्न ठानिएका एनसेल प्रकरण, बुढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरण लगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली,उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष संयन्त्र मार्फत छानवीन गरिनुपर्छ र दोषीहरूलाई हदैसम्मको कार्वाही गरिनुपर्छ ।