२३ असार २०८३, मंगलवार
,
Latest
स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित भागेका थुनुवा बालाजुबाट पक्राउ परे



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन् ।

हत्कडीसहित फरार भएका थुनुवा निराजनजंग ठकुरी भन्ने दशरथ शाही बालाजु बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भएका काठमाडौं गोंगबु बस्ने २१ वर्षीय उनी आइतबार अदालतबार्ट फरार भएका थिए ।

उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् । प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

उनी थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका थिए ।