२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको सानदार जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० गोलले हराएको हो ।

घरेलु मैदान इमिरेट्समा टोलिलाई फराकिलो जित दिलाउन जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले दुई–दुई तथा बुकायो साकाले एक गोल गरे ।

३४ औं मिनेटमा टिम्बरले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा साकाले गोल थपे । ४८ औं मिनेटमा ग्योकेरेसले गोल गरेपछि आर्सनल ३–० गोलले अघि बढ्यो ।

५६ औं मिनेटमा टिम्बरले व्यक्तिगत दोस्रो तथा टोलिका लागि चौंथो गोल गर्दा खेल सकिनै लाग्दा इन्जुरी समयमा ग्योकेरेसले पेनाल्टीमार्फत गोल गर्दै ५–० को जित दिलाए ।

आर्सनलको यो लगातार दोस्रो जित हो भने लिड्स यसअघिको खेलमा भने विजयी भएको थियो ।