१६ असार २०८३, मंगलवार
,
Latest
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिङ्गो पार्टी एकताबद्ध नभई अहिलेको चुनौती सामना गर्न सकिँदैनः ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिको सामना एकजुट भएर गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार नेकपा एमाले केन्द्रीय कमिटी बैकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिङ्गो पार्टी एकताबद्ध नभई अहिलेको चुनौती सामना गर्न नसकिने बताउनुभयो । ‘यस परिस्थितिको सफलतम सामना गर्ने भनेको हाम्रो आन्तरिक एकता नै हो त्यस कारण बट इफको कुरा छैन सिङ्गो पार्टी एकजुट भएर अगाडि बढ्नु पर्छ, म केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु, एकताबद्ध पार्टी भएर अगाडि बढौँ’, उहाँले भन्नुभयो ।

ओलीले अहिले एमाले माथि सबैभन्दा बढी प्रहार भएको बताउनुभयो । यो एमालेले नराम्रो काम गरेको कारण नभई राम्रो काम गरेको कारण आक्रमण भएको उहाँले दाबी गर्नुभयो । एमालेले राष्ट्रिय मुद्दा र त्यसमा अडान राखेको मन नपरेको शक्तिहरू एमाले विरुद्ध लागेका ओलीले बताउनुभयो ।

ओलीले आज देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना भएको बताउनुभयो । देश बरबादी तर्फ धकेलिएको बताउँदै ओलीले यस अवस्थाबाट देशलाई सही बाटोमा फर्काउन एमालेले नै काम गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेले जस्ताेसुकै असहज परिस्थितिमा पनि कम्युनिष्ट आन्दोलनको अगुवाइ गरेको उहाँले दाबी गर्नुभयो । नेपालको  विकास, सुशासन, स्थिरता, देश भक्ति, राष्ट्रिय एकता र स्वाभिमानको आन्दोलनको नेतृत्व नेकपा एमालेले नै गरेको उहाँको दाबी छ ।