१ असार २०८३, सोमबार
,
Latest
भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री श्रेष्ठद्वारा निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान



अ+ अ-

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाको ३५औँ केन्द्रीय सभाको आज उद्घाटन गर्दै विशेष परिस्थितिमा हुने प्रतिनिधिसभाको निर्वाचनले देशका निम्ति महत्त्वपूर्ण अर्थ राख्ने उल्लेख गर्दै निर्वाचनलाई शान्त र भयरसहित बनाउन सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैको सक्रियता उत्तिकै आवश्यक छ, सबैले स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ, आफ्ना सन्तानको भविष्य सोचेर भए पनि मताधिकारमा सहभागी हुनुपर्छ, मेरो आग्रह छ, अत्यन्त विवेक पुर्याएर आफ्ना सन्तानले फेरि रगत बगाउन नपर्नेगरी मतदान गर्नुहोस् ।” जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा बनेको वर्तमान सरकारको एकमात्र प्राथमिकता निर्वाचन रहेको पनि प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकार नैतिक आधारमा सुशासन कायम गराउन दृढ छ, छ महिनामा धेरै गर्न नसकिएला तर पनि गर्नैपर्ने काम सरकारले निसङ्कोच, इमान्दारिताका साथ अघि बढाएको छ ।”

संस्थाका अध्यक्ष महेश श्रेष्ठले केन्द्रीय सभामार्फत अर्बुद (क्यान्सर) रोगसम्बन्धी जनचेतना अभिवृद्धि, रोकथाम तथा उपचार सेवाका क्षेत्रमा संस्थाले आगामी वर्षमा सञ्चालन गर्ने योजना र प्राथमिकताबारे छलफल भएको जानकारी दिनुभयो ।

क्यान्सर रोगबारे जनमानसमा चेतना फैलाउने, प्रारम्भिक लक्षण पहिचान तथा रोग रोकथाममा योगदान पुर्याउने उद्देश्यका साथ २०३९ साल भदौ ३१ गते स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्था क्यान्सरविरुद्धको अभियानमा निरन्तर क्रियाशील रहँदै आएको छ । संस्थाले नेपाल सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी सङ्घसंस्था र निजी क्षेत्रसँग सहकार्य गर्दै आफ्नो उद्देश्य प्राप्तिका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस