११ असार २०८३, बिहीबार
,
Latest
नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थी छनोट गरी अन्तरराष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका लागि नेपालको टोली तयार गरिनेछ ।

सोसाइटीका अनुसार प्रथम चरण ९प्रदेशस्तरीय० परीक्षाको नतिजाबाट छनोट भई प्रतियोगिता दोस्रो चरणमा प्रवेश गरेको हो । सात प्रदेशका मोरङ, धनुषा, काठमाडौँ, कास्की, रुपन्देही, सुर्खेत र कैलालीमा प्रतियोगिता सञ्चालन गरिएका थिए ।

कोशी प्रदेश (सिनियर) तर्फ शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुलका सिद्धान्त पराजुली प्रथम भएका छन् भने जुनियर समूहमा बाल कल्याण विद्या मन्दिरका शहवाज आलम शीर्ष स्थानमा छन् । मधेस प्रदेशमा सिनियर समूहबाट ज्ञानदा एकेडेमीका गौरव गुप्ता पहिलो र बागमती प्रदेशबाट सबैभन्दा बढी विद्यार्थी राष्ट्रिय चरणका लागि छनोट भएका छन् ।

यहाँ सिनियर समूहमा काठमाडौँ मोडल स्कुल, ललितपुरका आर्यन खड्का र जुनियर समूहमा काठमाडौँ प्रज्ञाकुञ्ज स्कुलका सम्पन्न दाहाल प्रथम भएका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा सिनियरतर्फ मदरल्यान्ड सेकेन्डरी स्कुलका शश्वत रेग्मी, लुम्बिनी प्रदेशमा बिहान न्यौपाने, कर्णाली प्रदेशमा नमुना शाह, तथा सुदूरपश्चिम प्रदेशमा प्रशुद पन्तले सिनियर समूहमा पहिलो स्थान हासिल गरेका छन् ।

सोसाइटीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रियस्तरको ओलम्पियाडको मान्यता पाएको छ ।