२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भ्रमण वर्षको सन्दर्भमा ८० वटा संगठनसँग प्रत्यक्ष सम्वाद हुने’



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामूदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरुसँगको छलफल महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

मंगलबारसम्म ६० वटा विभिन्न राष्ट्रिय संगठनहरुसँग छलफल भएको र बुधबार पनि गरी करिब ८० वटा संगठनहरुसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले मंगलबारको छलफलमा सहभागि तीनवटै संगठनहरुलाई जनवरी १ मा हुने मार्चपासमा प्रत्येक संगठनबाट एक सयजनालाई सहभागि गराउन पनि आग्रह गर्नुभएको छ ।

पाँच तारे होटलहरुमा नेपाली खानाको मेन्यु राख्न निर्देशन दिइसकेको बताउँदै उहाँले होमस्टेहरुमा बास बस्नका लागि मात्रै नभएर स्थानीय उत्पादनर्लाइ टेवा पुग्ने गरी खानाको व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो । जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।




भर्खरै