१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माडीको बघौडा अस्पताल २५ श्यया



अ+ अ-

चितवन । माडीको एकमात्र बघौँडा अस्पताललाई २५ श्ययाको अस्पतालका रुपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो । माडी नगरपालिकाको निर्णयअनुसार अस्पताललाई २५ श्ययाको बनाउन प्रदेश सरकार सकारात्मक देखिएको बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आलोक कुमारले बताउनुभयो ।

विसं २०३४ मा स्वास्थ्य चौकीका रुपमा स्थापना भई आफ्नो सेवा शुरु गरेको अस्पताललाई २०५४ सालमा प्राथामिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति गरिएको थियोे । २०७० साल साउनमा मन्त्रिपरिषद्को निर्णयद्वारा स्वास्थ्य केन्द्रबाट १५ श्ययाको अस्पतालका रुपमा विकास गरिएको हो । माडी नगरपालिकाले तीन वर्षको अन्तरालमा बघौडा अस्पतालमा चार करोड ५० लाख बजेट विनियोजन गरेको माडी नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो । भिडियो एक्स–रे लगायतका औजार र दक्ष जनशक्तिको व्यवस्थापनमा दैनिक ३०० जना स्वास्थ्य परीक्षणका लागि आउने वातावरण तयार पारिएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय एमबीबीएस अध्ययन गरेका चिकित्सकद्वारा उपचार हुने भएपछि बिरामीको रोजाइ यही अस्पताल बन्ने गरेको छ । बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि अहिले नगरपालिकाले छुट्टै ओपीडी ब्लक निर्माण गरेको छ भने कुर्ने ठाउँसमेत बनाएको छ । अस्पतालमा अहिले पाँच एमबीबीएस चिकित्सक, एक एमडीजीपी विशेषज्ञ चिकित्सक, एक डेन्टल सर्जनसहित सात चिकित्सक रहेको अस्पतालका सूचना अधिकारी टेकमणि महतोले जानकारी दिनुभयो ।

“भरतपुरमा प्रदान गरिने प्रकारकै सेवा यही उपलब्ध छन्”, महतोले भन्नुभयो, “ठूलो सङ्ख्याको जनशक्तिले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । भौतिक अभाव र प्राविधिक अपूर्णता यहाँको सेवामा चुनौती नै छ ।” माडी नगरपालिकाले यसै आर्थिक वर्षमा ३० लाख लागतमा भवन निर्माण गर्ने निर्णय गरेको महतोले बताउनुभयो । उहाँका अनुसार सर्पदंशका बिरामीको उपचारका लागि प्रदेश सरकारले एन्टी स्नेक भेनम राख्न अस्पताललाई स्वीकृति प्रदान गरिसकेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा माडीमा रक्तसञ्चार केन्द्र स्थापनाको तयारी गरिएको महतोले जानकारी दिनुभयो ।