१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार प्रतिवादी गाउँपालिका अध्यक्ष पक्राउ



अ+ अ-

वीरगञ्ज । सवारी ज्यान मुद्धाका फरार प्रतिवादी बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । अध्यक्ष अमिरीलाल राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

जिल्ला अदालत बाराले राउतलाई २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । राउतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतमा पठाइएको उनले बताए ।