१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भान्छामै जैविक तरकारी पुर्याउँछन् थारु महिला



अ+ अ-

बाँके । पछिल्लो समय विषादीयुक्त भारतीय तरकारीले नेपाली बजार भरिने गरेको भएपनि बाँके र बर्दियाका ग्रामीण क्षेत्रका थारु महिलाले विषादीरहित तरकारी उत्पादन गरी नेपालगञ्जका घरघरमा पुर्याइरहेका छन् । नेपालगञ्जको धम्बोझी चोक नजिकै रहेको खाली ठाँउमा १२/१५ जना महिला बिहानैदेखि तरकारी बेच्न व्यस्त हुन्छन् ।

बाँकेको टिटहिरिया र बर्दियाको बढैयातालका थारु महिलाले घरमा उत्पादन गरेको विषादीरहित जैविक तरकारी बेचिरहेका हुन्छन् । बर्दिया बढैयाताल गाउँपालिका–३ की धर्मी थारुले १० कट्ठामा तरकारी रोप्नुभएको छ । तरकारी बेच्न लाज मान्ने उहाँ राम्रो आम्दानी हुने भएपछि गत वर्षबाट मात्र तरकारी बेच्न थालेको बताउँनुहुन्छ ।

थारु महिलाले बिहान बिक्री गर्ने तरकारी साँझ नै टिपेर राख्छन् । झिसमिसे उज्यालोमै उनीहरु नेपालगञ्ज आइपुग्छन् । महिला समूह बनाएर बस चढेर नेपालगञ्जसम्म आउने गर्छन् । नेपालगञ्जमा बिहान ६ बजे नै बाँके र बर्दियाका तरकारी उत्पादक महिला एकै ठाउँमा जम्मा भएर तरकारी बिक्री गरिरहेका हुन्छन् ।

बिक्री नभएको तरकारी लिएर घरघर पुग्छन् । आफूहरुले घरघरमा पुगेर जैविक र विषादीरहित तरकारी बेचिरहेको बताउनुहुन्छ, बर्दिया बढैयाताल गाउँपालिकाकी ५४ वर्षीय रुसानी थारु । उहाँ केही समयअघि बिरामी हुनुभएको थियो । खेतबारीमा काम गर्दा स्वास्थ्यमा पनि सुधार आएको र आफू स्वस्थ रहेको उहाँ बताउनुहुन्छ । चार जना मिलेर दुई बिघामा तरकारीखेती गरेको बताउँदै थारु यसरी तरकारी उत्पादन गर्दा आत्मनिर्भर हुनुका साथै घरखर्च चल्ने र आत्मसन्तुष्टि भएको बताउनुहुन्छ ।

थारु महिलाले लौका, करेला, बोडी, सागलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । “बजारमा भन्दा थारु महिलाले केही सस्तोमा तरकारी बिक्री गर्छन्, तौलमा पनि केही बढी नै हुन्छ”, नेपालगञ्ज–४ की लक्ष्मी क्षेत्रीले भन्नुभयो । तरकारी बिक्रीबाट थारु महिलाले मासिक न्यूनतम रु २० हजारसम्म आम्दानी हुने बाँके बैजनाथ गाउँपालिका–८ टिटहिरीयाकी तुलसा थारु बताउनुहुन्छ ।

थारु महिलाले तरकारी मात्रै होइन, घरको जैविक चनाको बेसन, चना, चनाको दाल, लसुन, मसुरीको दाल, मकैलगायतका खाद्यान्न पनि बेच्ने गरेको उहाँको भनाइ छ । जैविक र विषादीरहित तरकारी घरघरमा पु¥याइरहेका थारु महिला भन्छन्, “एउटा निश्चित तरकारी बेच्ने ठाँउ होस् ।” विषादीयुक्त तरकारीले बजार छोपेको अवस्थामा जैविक तरकारी उत्पादन गरेर उपभोक्तासम्म स्वच्छ तरकारी पु¥याउँदै आएको उनीहरु बताउँछन् ।