२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख चयन गर्न एक साता लाग्ने, बैठकको अध्यक्षता उपसभामुख गर्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुख चयन गर्न एक साता लाग्ने भएको छ । पुस ११ देखि सभामुख चयनको प्रक्रिया सुरू हुने भएको हो ।

संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त रहँदा सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन्।




भर्खरै