७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा लागूऔषध सेवन गरी सवारी चलाउने ४ चालक पक्राउ



अ+ अ-

काठमाडाैँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको चेकजाँचका क्रममा स्याङ्जामा लागूऔषध सेवन गरी सवारी साधन चलाउने ४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले आइतबार दिउँसो करिब २:५० बजे पुतलीबजार नगरपालिका–१ स्थित सिद्धार्थ राजमार्गको बसपार्क क्षेत्रमा सवारी चालकहरूको परीक्षण गर्दा उनीहरू लागूऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय मोहन थापाको साथबाट ५ ग्राम गाँजा बरामद भएको छ। त्यस्तै पाल्पा तानसेन नगरपालिका–२ का २० वर्षीय विपिन कुँवरको साथबाट पनि ५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी स्याङ्जा भिरकोट नगरपालिका–१ का २० वर्षीय प्रमिस के.सी. र कास्की पोखरा महानगरपालिका–११ का ४३ वर्षीय रिकेश परियार पनि लागूऔषध सेवन गरी सवारी चलाएको अवस्थामा नियन्त्रणमा परेका छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।




भर्खरै