२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन



अ+ अ-

काठमाडाैँ । आज (सोमबार) बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझैसम्म पनि सुरु हुन सकेको छैन। लगातारको राजनीतिक विवाद र विपक्षी दलहरूको अवरोधका कारण संसद् बैठक अनिश्चित बनेको हो।

यसअघि गत मंगलबारको बैठक विपक्षी दलहरूको अवरोधपछि स्थगित भएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सोमबारका लागि बैठक पुनः आह्वान गरेका थिए। तर, त्यसयता पनि सहमति जुट्न नसक्दा बैठक बस्न सकेको छैन।

विवादको केन्द्रमा जेठ १७ गते प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति रहेको छ। आकस्मिक प्रश्नोत्तर सत्रमा प्रधानमन्त्रीले “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने टिप्पणी गरेपछि विपक्षी दलहरूले तीव्र आपत्ति जनाएका थिए। सो अभिव्यक्तिपछि बसेका दुई वटा बैठक पनि अवरोधका कारण अघि बढ्न सकेनन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीले उक्त अभिव्यक्तिका लागि माफी नमागेसम्म संसद् सञ्चालन हुन नदिने अडान दोहोर्याउँदै आएका छन्।

यसबीच सभामुख अर्यालले पाँच दिनको अवधिमा विपक्षी दलसँग औपचारिक संवाद नगरेको आरोप पनि लागेको छ। सोमबार बिहान मात्र उनले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

उता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पनि बैठक सुरु हुने समयअघि सर्वदलीय बैठक आह्वान गरेका थिए। संसद् खुलाउने उपाय खोज्ने प्रयासस्वरूप भएको भनिएको उक्त छलफलले तत्काल कुनै निष्कर्ष निकाल्न सकेको छैन।

दलहरूबीचको तनाव कायमै रहँदा प्रतिनिधिसभा बैठक कहिले सुरु हुने भन्ने विषय अझै अनिश्चित बनेको छ।




भर्खरै