७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई



अ+ अ-

काठमाडाैँ ।। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफूले विगत एक दशकदेखि अघि बढाउँदै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताएका छन्।

आइतबार रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले नयाँ राजनीतिक शक्तिको आवश्यकता र वैकल्पिक राजनीतिको पक्षमा आफूले लामो समयदेखि वकालत गर्दै आएको स्मरण गरे।

‘मैले गत ११ वर्षदेखि नयाँ शक्ति अभियानमार्फत वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको छु। आज रास्वपालाई त्यस अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गरेको छु,’ उनले भने।

रास्वपाप्रति आफ्नो सकारात्मक धारणा व्यक्त गर्दा विभिन्न टिप्पणी र आलोचना हुने गरेको उल्लेख गर्दै उनले त्यसप्रति असन्तुष्टि जनाए। ‘यसरी कुरा गर्दा अब यसले के पाउन लाग्यो, के ललिपप देखाइदियो भनेर टिप्पणी गरिन्छ। हाम्रो समाजको राजनीतिक बहस निकै न्यूनस्तरमा झरेको देखिन्छ,’ उनले भने।

आफ्नो राजनीतिक जीवन संघर्षमै बितेको उल्लेख गर्दै भट्टराईले व्यक्तिगत स्वार्थका लागि आफूले कुनै अभिव्यक्ति नदिएको स्पष्ट पारे। ‘सारा जीवन संघर्ष र परिवर्तनका लागि बिताएको मान्छे, प्रधानमन्त्री भइसकेको मान्छेले यो उमेरमा के ललिपप खाने ? मैले सबैथोक प्राप्त गरिसकेको छु,’ उनले भने।

उनले देशमा वैकल्पिक राजनीतिक शक्तिहरूको उदय लोकतन्त्रको सुदृढीकरण र राजनीतिक रूपान्तरणका लागि आवश्यक रहेको धारणा समेत व्यक्त गरे।