१० असार २०८३, बुधबार
,
Latest
छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीको टोलीद्दारा २४ किसिमका पटाका बरामद



अ+ अ-

सप्तरी । सशस्त्र प्रहरीको टोलीले सप्तरीको बोदे बर्साइन नगरपालिकाबाट रु एक लाख बढी मूल्यको पटाका बरामद गरेको छ ।

बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टी बोर्डर इलाकाबाट अवैधरुपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न २४ किसिमका पटाका बरामद गरेको जनाएको छ ।

बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुर्याएर स्थानीयवासीको रोहबरमा आज खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिनुभयो । तिहार तथा छठ पर्व नजिकिएसँगै भारतीय बजारबाट पटाकालगायतका सामान सीमावर्ती इलाका हुँदै ठूलो परिमाणमा चोरी तस्करी गर्ने क्रम बढेको छ ।