२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखपति गोठालो !



अ+ अ-

इलाम । उनको काम गार्ईबस्तु स्याहार्नु हो । त्यसैले कर्मको आधारमा असली गोठालो हुन् उनी । लेकाली क्षेत्रमा बस्ने उनको लवाइ पनि सामान्य नै छ । तर, नेपाली यी गोठालोले भारतको दार्जिलिङमा समेत सम्पत्ति (घर) जोडिसकेका छन् । साथै उनका दुईवटा गाडीसमेत छ ।
इलामको पुवामझुवामा जन्मिएका जगतबहादुर रार्ईलाई धेरैले इलामे रार्ईको भनेर चिन्छन् । सूर्योदय नगरपालिका–१ स्थित लामिधुरामा उनको स्थायी बसोबास छ । घरमा दुःख भएपछि करिब १० वर्षकै उमेरदेखि अर्काको घरमा गोठालो बसेका रार्ई बिभिन्न ठाउँमा अर्काको काम गर्दा गर्दै २०५३ सालबाट मात्र स्थायीरूपमा बसोबास गर्न थालेका छन् । लेकमा गार्ईपालन गरेर नै उनी लखपती बनेका हुन् । इलामे इलम, दुःख र संघर्षले सफल भएका हुन् ।
“घरमा दुख थियो, खान लाउन पनि पुग्दैनथ्यो । बाउले आलु बेपार गथ्र्यो, तर १० रूपयाँमा किनेको आलु ८ रूपयाँमा बेच्थेँ,”राईले भने । भारतसँगको सीमा मानेभन्ज्याङबाट प्रतिमन १० रूपयाँका खरिद गरेको आलु इलामको चुरेघाँटीमा ८ रूपयाँका बिक्रीगर्नु परेपछि तनाव वढेको उनको भनाई छ । “आफू त सानै थिएँ बाउलाई यसो नगरौँ भन्दा मानेन् अनी घर छोडेर हिडेँ,”रार्ईले हाँस्दै भने ।
घर छोडेपछि इलामको सुम्बेकमा पुगेका उनले वर्षको ६० रुपैयाँ पाउने गरी अर्काको घरमा गोठालो गरे । गार्ईवस्तु दुहिसकेपछि थला भकारा सोहोर्नु, घाँस काटेर ल्याउनु गर्दै उनको बिहानको कार्य सुरु हुन्थ्यो । दिउशो पनि मेलाको काम, बेलुका पुन गार्ई धन्दा नै गर्नु पर्ने राईले स्मरण गरे । जुन बेला आफु १२, १३ वर्षको मात्र भएको उनले वताए । ऐलेका बालबच्चालाई तुलना गर्दै राईले सो बेला आफ्नो मेहनत र दुखका दिन सम्झिए ।
करिव दुईवर्ष त्यहाँ बसेपछि पुन इलामको जस्विरे भन्ने ठाउँमा सरे । त्यहाँ वर्षको १६० रूपयाँमा गोठालो गरे राईले । उनको दैनिकी उसैगरी सुरु भयो । करिब १५(१६ वर्षको उमेर भएपछि उनले त्यहाँ पनि छोड्ने निधो गरे । त्यसपछि नेपाल र भारतको सीमाना लामिधुरामा बसाई सरे । लेकको ठाउँ सिमसिम पानी परिरहने भएपनि त्यहिँ भविष्य खोज्ने निधो गरेर त्यहाँका चुथ्रो फाँड्न सुरु गरे । हालको सूर्योदय नगरपालिका एकमा पर्ने लामिधुरामा उनले गोठ पालेर नै भविष्य खोज्ने निधो गरे ।
२०५३ सालमा त्यहाँ पुग्दा कुनै वस्ती नभएको उनी बताउँछन् । उनले त्यहिँ बिबाह गरेर घरजम सुरु गरे । पर्यटकिय क्षेत्र र पर्यटकबाट पनि आम्दानी लिन सकिन्छ भन्ने कसैलाई सोच नै नभएको उनी वताउँछन् ।
लामिधुरामा पुगेका रार्ईले आफ्नै जेठीसासुसँग तीन हजार ऋण लिएर चारमाउ गाई खरीद गरे । त्यहाँबाट तिनै गार्ईको सन्तान वढाउँदै गए । बाच्छाबाच्छी हुकाउँदै सन्तान फैलिएर करिव २३ माउ गार्ई समेत पालेका उनले सो बेला मज्जाले कमाई भएको स्मरण गरे ।
भारतसँग सीमा जोडिएको मानेभन्ज्याङ इलाममेहरूको व्यापारिक केन्द्र हो । भारतका ब्यापारीले चामल, नुन, तेल चिनीलगायत दैनिक उपभोग्य वस्तु सो बजारमा बिक्रीका लागि राख्थे । नेपालतर्फ उत्पादन भएको तरकारी सो वजारमा बिक्री हुन्थ्यो । तरकारी मात्र हैन नेपाल तर्फबाट अलैँची, अदुवा, कुच्चो लगाईत पिठ्युँ र घोडामा बोकाएर त्यहाँ बिक्रीका लागि लगिन्थ्यो । नेपालका बजारमा भन्दा बढीमूल्य त्यहाँका ब्यापारीले दिने भएपछि इलामका विभिन्न क्षेत्रमा उत्पादन भएको वस्तु त्यहाँ पुर्याइन्थ्यो ।
रार्ईले पनि उत्पादन भएको घिउ सोहि वजारमा पुर्याउँथे । ऊ बेला छुर्पी खासै बिक्दैनथ्यो । मोही फटाएर बनाएको सेर्गेम भने राम्रो मूल्यमा बिक्री हुन्थ्यो । पछि पछि गएर छुर्पी पनि बिक्न थाल्यो । उनले पनि घरमा नै डेरी जोडे । डेरीमा दुध प्रसोधन हुनथालेपछि सहज पनि हुन थाल्यो । राई परिवार गार्ई पालेर, घ्यू र छुर्पी बेचेर नै आफ्नो गुजारा चलाउन थाले ।
आफूले औपचारिक शिक्षा नलिएको वताउँने रार्ई हिसाव किताव गर्न अझै पनि क्याल्कुटेर नचाहिने वताउँछन् । तर गोठालो गर्दा नै काठमा रातो माटोको धुलो छरेर त्यसमा नै औँलाले क, ख सिकेको उनले वताए । लामो समयमा मात्र घ लेख्न सिकेका उनले हिसाव पनि उसै गरि सिकेको वताए ।
आफ्नो गुजारा जे–जसरी चलेपनि एक छोरा र एक छोरीलाई राम्रै शिक्षा दिएको वताउँछन् । हाल उनका दुवै छोराछोरी जागिरे भइसकेका छन् । छोरा भारतीय सेनामा छन् भने छोरी पनि दार्जिलिङमा नोकरी गर्ने गरेको उनले सुनाए ।
औपचारिक शिक्षाको महत्वहाल पनि धेरै शिक्षितहरूलाई नहुन सक्छ । तर उनी औपचारिक शिक्षाको महत्व अरुलाई राम्रोसँग बयान गर्छन् । शिक्षाले नै मानिसलाई बिश्व चिनाएको, नयाँ नयाँ कुराको खोजी र आविष्कार भएको भन्ने रार्ईले आफ्ना सन्तानलाई पनि राम्रो शिक्षा गोठमा गार्ई पालेर नै दिएको वताउँछन् । लेकमा अन्य खेती खासै हुँदैनथ्यो उ बेला । आजकल पनि उनको पेशा उही नै हो । तर पहिला जस्तो धेरै गार्ई छैनन् रार्ईको गोठमा । पाँच माउमात्र गार्ई पालेका छन् उनले । तर, उनले अर्को व्यवसाय भने थपेका छन् ।
रार्ई बसेको लामिधुरा विश्व प्रख्यात पर्यटकिय स्थल सन्दकपुर जाने मूल सडक हो । उनले त्यहाँ आएका पर्यटकहरूलाई सन्दकपुर सम्म लैजाने काम गर्छन् । पर्यटक घुमाउनकै लागि दुईवटा गाडी जोडेको उनले वताए । सिजनमा दुईवटा गाडी खाली हुँदैनन् रार्ईका । राईकी श्रीमतीले पर्यटकहरूलाई नै खान र बस्नका लागि होटल र लज सञ्चालन गरेकी छन् ।
होटल, लज, पर्यटन ब्यवसायले गर्दा गार्ई घटाएको उनी वताउँछन् । गार्ई पाल्दा पनि बिहान बेलुका मात्र खट्नु पर्ने उनी वताउँछन् । गोठमा पालिएका गार्ई बिहान दोहीसकेपछि चरणमा जंगल पस्छन् । बेलुका भएपछि मात्र घर आउँछन् । बिहान बेलुका खोले दिन र दुहुन मात्र समय लाग्ने भएकाले केही गार्ई गोठमा अझैपनि राखेको उनले वताए ।
हाल उत्पादन भएको घिउ प्रति किलो साढे ५ सय र छुर्पी प्रतिकिलो ९ सय देखि एक हजार सम्ममा बिक्री गर्ने गरेको उनी वताउँछन् । राईले आफ्नो मात्र हैन अरुले उत्पादन गरेको घिउ छुर्पी पनि खरिद गरेर वजारर लगेर बेच्ने गरेका छन् ।
पहिला सानो छदाँ अर्काको घरमा गोठालो बसेको र हाल आफ्नो ब्यवसाय सम्झीएर उनी खुसी पनि हुन्छन् । तर दुखका साथ परिश्रम गरे पैसा कमाउन विदेश जान नपर्ने उनको भनाई छ । फोकटका गफ गर्नु, बिनाकारण भेला भएर बिभिन्न खेल खेल्न आफुलेनजानेको उनको भनाइ छ ।, समाचार कारोबार दैनिकमा प्रकाशित छ ।




भर्खरै