२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुका बिरामी ह्वात्तै बढेपछि निस्शुल्क परीक्षण हुने



अ+ अ-

काठमाडौं । डेंगु रोगका बिरामीको संख्या ह्वात्तै बढ्दा चितवनमा निस्शुल्क परीक्षण हुने किटको अभाव भएको छ । सरकारले डेंगुको परीक्षण निस्शुल्क गर्छ । सरकारी अस्पतालमा मात्रै निस्शुल्क परीक्षण हुने व्यवस्था छ । तर भरतपुरको सरकारी अस्पतालमा परीक्षण किट सकिएको छ । शुक्रबारदेखि अस्पतालमा डेंगु परीक्षण गर्न नसकेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले बताए ।

प्रयोगशाला परीक्षणबाट प्रमाणित नभए पनि लक्षणको आधारमा डेंगुको उपचार गर्न मिल्छ । त्यसैको आधारमा उपचार सुरु गरेको उनले बताए । सरकारी अस्पतालमा परीक्षण नभए पनि शुल्क लिएर निजी अस्पतालहरूले डेंगुको परीक्षण गर्छन् । अहिले बिरामीहरूले परीक्षणका लागि मात्रै भए पनि निजी अस्पतालहरूमा उपचार गराउन थालेका छन् । साउनयता चितवनमा डेंगुको प्रकोप फैलिएको हो ।

चितवन स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार साउनयता भदौ १३ गतेसम्म जिल्लाका विभिन्न अस्पतालमा भएका परीक्षणहरूबाट ४९८ जनामा डेंगु भएको प्रमाणित भएको छ । जसमध्ये ३२५ जना भरतपुर महानगर क्षेत्रका बासिन्दा छन् । भरतपुरको नारायणगढ बजार क्षेत्रमा डेंगुको प्रकोप अन्यत्रभन्दा बढी देखिएको छ ।

‘परीक्षण सुरु गर्ने हो भने हामीलाई दिनमै तीन सय किट आवश्यक छ । हामीले स्वास्थ्य कार्यालयमार्फत मगाएको हो । तर शुक्रबारबाट हामीसँग भएको सबै किट सकिए । अब कहिले आउला प्रतीक्षामा छौं,’ मेसु डा।तिवारीले भने । उनले भरतपुर अस्पतालका लागि १५ सय किट तत्काल उपलब्ध हुनुपर्‍यो भनेर पत्राचार गरेको जानकारी दिए । पत्राचारपछि किट कहिले आउने हो भनेर दिनदिनै सोधपुछ सुरु हुने गरेको छ ।

‘महानगर र अन्य स्थानीय निकायसँग सहकार्य गरेर परीक्षण किटहरूको व्यवस्थापन गर्नु भन्ने कुरा छ’ जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केसीले भने । तर भरतपुर महानगरले अहिले जनचेतनामूलक अभियानलाई निरन्तरता दिन सुरु गरेको छ । एक चरणमा लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान सकिएको छ । शनिबार नारायणगढ बजार क्षेत्रमा महानगरले चेतनामूलक र्‍याली निकाल्यो ।

‘अब फेरि पनि हामी लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई निरन्तरता दिँदै छौं । यो रोगको प्रभावकारी नियन्त्रणका लागि यो नै उत्तम कार्य हो,’ महानगरका समाजिक विकास महाशाखाका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले भने । महानगरको जनस्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारी ज्वरोसँगै अन्य दुई लक्षण देखिए डेंगुको उपचार सुरु गर्न मिल्ने बताउँछन् । ‘त्यसैले किट अभावमा परीक्षण नहुँदैमा उपचार नै नहुने भन्ने हैन । ज्वरो आएका बिरामीको रगतमा प्लेटलेटको मात्रा र सेता रक्तकोश ९डब्लुबीसी० को अवस्था हेरेर उपचार सुरु गर्न सकिन्छ,’ तिवारीले भने । भरतपुर अस्प्तालका फिजिसियन डा।भोजराज अधिकारीले परीक्षण किटहरू नहुँदैमा उपचार नरोकिए पनि बिरामीको मनोभावना परीक्षणबाट प्रमाणित भएरै मात्र उपचार गरौं भन्ने रहेको बताए ।

सरकारीमा निस्शुल्क उपलब्ध नभए पनि बिरामीहरू परीक्षणका लागि निजी अस्पतालहरूमा जाने गरेको डा।अधिकारीको अनुभव छ । ‘ज्वरोसँग अन्य दुई लक्षण टाउको दुख्ने, बान्ता आउने, शरीरमा डाबरहरू आउनेछ भने उपचार गर्न मिल्ने विश्व स्वास्थ्य संगठनकै नीति छ । यसमा प्लेटलेट र डब्लुबीसी परीक्षण गरे पनि भयो । डेंगुकै परीक्षण गरेर उपचार गर्नुपर्छ भन्ने छैन । तर बिरामीको मनोभावना अर्कै हुन सक्छ,’ उनले भने । सरकारीमा नपाए पनि निजीमा परीक्षण हुने भएका कारण मान्छेहरू निजी अस्पतालमा नै जाने गरेको उनले बताए । ‘सबैभन्दा राम्रो परीक्षण हुनु नै हो । निस्शुल्क परीक्षणका लागि किटको अभाव छ । कस्ता बिरामीलाई परीक्षण गर्ने भन्ने आधार बनाएर काम गरौंला तर अहिले जुन खालको ज्वरोको महामारीको अवस्था छ, यस्तो बेलामा किट उपलब्ध भए राम्रो,’ डा.अधिकारीले भने ।

सरकारीमा परीक्षण नभएपछि बिरामीहरू निजीमा जाँदा चर्को मूल्य तिर्नुपर्ने खतरा रहन्छ । ‘त्यस्तो नहोस् भनेर हामीले निगरानी गरी रहेका छौं,’ चितवन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले बताए । सरकारले चितवनका लागि हालसम्म ९६० वटा किट मात्रै पठाएको छ । जसमध्ये सात सय भरतपुर अस्पतालमा खपत भएको छ । अरू किट रत्ननगर अस्पतालमा गएको थियो । चितवनमा डेंगुका कारण एक जना, डेंगु र स्क्रब टाइफस दुवै भएर एक जना र स्क्रब टाइफले एक जनाको निधन भएको छ ।

हेटौंडामा ४३८ डेंगुका रोगी
हेटौंडामा डेंगुका बिरामी दैनिक रूपमा थपिदै गएका छन् । सुरुमा एकै दिन २० जनासम्म डेंगुका रोगी फेला परेपनि अहिले दैनिक चाररपाँच रोगी थपिने गरेको हो । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार शुक्रबार बेलुकासम्म मकवानपुरमा ४ सय ३८ जना डेंगु रोगी फेला परे ।

‘मकवानपुर अर्थात् हेटौंडामा डेंगु रोग क्रमशस् नियन्त्रणउन्मुख छ,’ स्वास्थ्य कार्यालयका प्रमुख शशिकान्त सिंहले भने, ‘डेंगुका रोगी दैनिक चाररपाँच जना थपिने क्रम जारी छ ।’ डेंगु परीक्षण गर्ने किट समस्या पनि हुने गरेको छ । मागअनुसार माथिबाट किट आएको छैन । चार सय किट पठाउँछौं भनेका थिए तर २ सय मात्र पठाएका छन्,’ सिंहले भने, ‘अब किट थोरै मात्र बाँकी छ ।’ हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले डेंगु परीक्षण गर्न किट समस्या नहुने, आवश्यक परे उपमहानगरपालिकाले खरिद गरेर ल्याएर स्वास्थ्य कार्यालयलाई दिने बताए । ‘किटको कारणले रोग परीक्षण गर्न नपाउने अवस्था आउनु हुँदैन’ मेयर महतले भने, ‘किट खरिद गर्ने व्यवस्था नगरपालिकाले मिलाउनेछ ।’

स्वास्थ्य कार्यालयमा निस्शुल्क डेंगुको परीक्षण गर्ने गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा बढी डेंगुका रोगी फेला परेका छन । हेटौंडाबाट फैलिएको डेंगुको रोग अहिले मनहरी भीमफेदी, बकैया र वाग्मती गाउँपालिकाका बासिन्दामा समेत देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आवमा हेटौंडामा जम्मा पाँच जना मात्र डेंगुका बिरामी भेटिएकामा यस वर्षको लगातारको वर्षात्पश्चात् एक्कासि डेंगुको संक्रमण देखिएको थियो । साउनको पहिलो सातादेखि हेटौंडामा डेंगुको रोग देखा परेको हो । डेंगु रोग सार्ने लामखुट्टेहरू सफा पानी जम्ने स्थानमा बस्ने भएकाले वडाका हरेक टोलटोलमा पुगी पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानीको डम्बा, भाँडा, फ्याँकिएका विभिन्न टायरहरू हटाउने अभियान अहिलेसम्म पनि जारी छ । डेंगु देखिएसँगै स्थानीयको प्रत्यक्ष संलग्नतामा ‘खोज र नष्ट गर’ गर्ने कार्य भइरहेको छ ।

क्षेत्रीय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका शिशिर पन्तले आफ्नो टोलमा रहेको खाल्डाखुल्डी, जथाभावी फालिएका टायर, पानीका बोतल पुर्न, एसी र गमलाको पानी फेरेको खण्डमा बिस्तारै डेंगु नियन्त्रण हुँदै जाने बताए । ‘दिउसोको समयमा लामखुट्टेले टोक्दा डेंगु संक्रमण हुन्छ । सफा पानीमा बस्ने लामखुट्टेले टोक्दा यो रोग लाग्ने भएकाले सफा पानी जम्न नदिनु नै सबैभन्दा राम्रो कार्य हो । ’पन्तका अनुसार कुनै स्प्रे वा औषधि प्रयोग गरेर डेंगु नियन्त्रणमा आउँदैन ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै