२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भूकम्पका घर’ एकैनासे



अ+ अ-

रामेछाप । भुकम्प आउनुअघि सबैका फरक–फरक शैलीका घर थिए । तर अहिले सबै एकैनास । सबै भूकम्पका घर । प्रायस् एकै डिजाइन अनि सबै दुईकोठे ।

सबैले भूकम्पपछि ३ लाख अनुदान लिएर घर बनाएका छन् । पछिल्ला केही वर्षमा बनेका घरलाई कसैले ‘मेरो’ भन्दैन । सवैको बुझाइ एकै छ ‘भूकम्पका घर’ । प्राय अधिकांशले घर प्लास्टर गरेका छन् । भुइँमा ढलान छ । छाना प्रायस् नीलो जस्तापाताकै छ । केहीले भने
रातो र सादा जस्तापाताले छाएका छन् ।

नेवारले घरमा सेतो कमेरो लगाएर तल पेटीभन्दा केही माथिसम्मको भागमा कालो माटोले पोत्थे । झ्याल–ढोकामा स्थानीय झारपातले बनाएको कालो रङ लगाउने चलन थियो । ठूला झ्याल अनि खुला बरन्डामा थोरै भए पनि फूल सजाउने नेवार समुदायको पहिचान थियो । चिसापानी, ठोसे, साँघुटारजस्ता नेवार समुदायमा हेर्दै चिटिक्क परेका घर थिए । अरू जातका भन्दा राम्रा र अग्ला । । सरसफाइ त्यस्तै लोभलाग्दो हुन्थ्यो । रातो माटोले छेपेका, खरले छाएका, माथिल्लो तला नछापेका, दैलो र जस्केलो मात्र भएका हेर्दा स–साना माथिल्लो तलामा जान काठको लिस्नो भएका घर अब माझी गाउँमा देखिँदैनन् । सुनकोसी र तामाकोसीको किनारमा अब अरू समुदायजस्तै ‘भूकम्पका घर’ छन् । राटो माटोको घरको बाहिर टाकलसम्म पुग्ने गरी माछा मार्नका लागि बनाएको घोलेन अहिले ठडिएको पाइँदैन । ‘कोसीमा माछा घटे, मार्ने माझी अरू पेसातिर लागे अनि जाल बन्न छोडे’ हात्तीटारका माइते माझी भन्छन्, ‘पहिले माझीगाउँ परबाटै चिनिन्थ्यो, झुरुप्प घर हुन्थे । अरू जातिको भन्दा फरक शैलीको बसोबास हुन्थ्यो हाम्रो माझीको ।

सुदूर उत्तरपूर्वी रामेछापका दोर्जी शेर्पा गुम्देलले पहिलेको जस्तो शेर्पाको मौलिकता भएका घर अब गाउँमा नभएको सुनाए । क्षत्रीहरूको भन्दा हाम्रो अग्लो घर हुन्थ्यो । माथिल्लो तलामा भान्सा कोठा भएका घरहरू अब छैनन् । ‘भूकम्पले नभत्केका त्यस्ता घर र अहिले पुनर्निर्माण भएका घर कताकता नमिल्ने, अहिलेका सबै होचा’ शेर्पा भन्छन्, ‘भुइँचालोले मौलिकता लग्यो ।’ डडुवाको घलेडाँडामा अर्को गज्जबको मौलिकता थियो । सबै घर काठका पातला फल्याकले छाइएका हुन्थे । पश्चिमी रामेछापको सबैभन्दा उच्च भूभाग झन्डै २ हजार ७ सय मिटरमाथिको उक्त बस्तीमा रहेका ४५ परिवारमा एकै खालको छाना थियो । अहिले त्यस्ता छाना विरलै छन् ।

काठ काट्न पहिलेझैं पाइँदैन, स्थानीय चन्द्रबहादुर श्रेष्ठले भने, ‘जस्ता सस्तो र सजिलो भएकाले सबैले जस्ता लगायौं । पहिले घलेडाँडा काठको छाना भएको टोल भनेर चिनिन्थ्यो । पुराना शैलीका घरहरूमा उज्यालो कम हुन्थ्यो । ढुंगा–माटोको जोडाइमा बनेका घरहरूमा सा–सना खोपा हुन्थे । खोपाहरूमा भँगेरालगायतका चराले बच्चा कोरल्थे । चराचुरुंगी बस्नका लागि अहिलेका घरमा खोपा हँदैनन् । सबै प्लास्टर गरेका हुन्छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै