७ असार २०८३, आईतवार
,
Latest
सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्जानियाबाट मह निकासीको पहल



अ+ अ-

दार ए सलाम । तान्जानियाली वन विभाग (टीएफएस) ले मुलुकको मह उत्पादन वृद्धि गर्ने महत्वाकाँक्षी योजना अगाडि सारेको छ । पूर्वी अफ्रिकी मुलुक तान्जानियामा हाल ५५ हजार टन मह उत्पादन हुने गरेको छ ।

आगामी वर्षदेखि वार्षिक एक लाख ३५ हजार टन मह उत्पादन गरिने योजना अघि सारिएको छ । विभागका कार्यकारी अधिकृत डोस सान्तोस सिलायोले यसै वर्षको अन्त्यतिर शुरु हुने नयाँ परियोजनामा लगानी गर्न युरोपेली संघले सहमति जनाएको बताए ।

कार्यक्रम अनुसार मौरीपालनका लागि आधुनिक घार उत्पादन गर्न र मह उत्पादनका लागि रणनीतिक महत्वका क्षेत्रमा संकलन केन्द्रहरु बढाउन अध्ययन भइसकेको छ ।सिलायोले तान्जानियाली मह युरोपेली मुलुकहरु, संयुक्तराज्य अमेरिका र एसियाली मुलुकहरुमा निकासीका लागि स्वीकृत भइसकेको जानकारी दिए ।

उनले भने, “हाम्रो विश्वास छ सरकारी वनक्षेत्रमा बढ्दै गएको मौरीपालनले वन क्षेत्रको संरक्षणमा पनि योगदान दिने हामीले ठानेका छौं ।”




भर्खरै