७ असार २०८३, आईतवार
,
Latest
सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाकै लामो झोलुङ्गे पुलसूर्यविनायक नगरपालिकामा बन्दै



अ+ अ-

भक्तपुर । उपत्यकाकै लामो झोलुङ्गे पुल अब सूर्यविनायक नगरपालिकामा निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो २२५ मिटरको झोलुङ्गे पुल निर्माण हुने भएको हो ।

प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उक्त झोलुङ्गे पुलको आज शिलान्यास गर्दै भक्तपुरमा अब धमाधम राष्ट्रिय गौरवका आयोजना निर्माण हुने बताए । यस क्षेत्रबाट सिङ्गो उपत्यका तथा करीब २२ वटा हिमाल हेर्न सकिने भएकाले देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास गरिएको छ ।

पुल निर्माणपछि कैलाशनाथ महादेवको मन्दिरमा आउने भक्तजनलाई सहज हुनेछ । ‘अबको तीन वर्षमा भक्तपुरको मुहार फेरिने छ, भक्तपुरको विकास तीव्रगतिमा अगाडि बढेको छ, साना योजनाका विकास मात्रै होइन, अब राष्ट्रिय गौरवका आयोजनाहरु धमाधम निर्माण हुनेछन् ।’ बस्नेतले भने ।

उनले भक्तपुरमा प्राणी उद्यान, आधुनिक वीर अस्पताल, अन्तर्राष्ट्रिय रङ्गशाला, आधुनिक सभागृह, चार हजार क्षमताको कभर्डहल, स्मार्ट सिटी, सडक, खानेपानी, ढललगायतका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रक्रियामा रहेको बताउँदै यी आयोजनाले भक्तपुरको मुहार फेर्ने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुुदेव थापाले सूर्यविनायकका सबै वडाहरु जोड्ने गरी शिव परिपथ बनाउने घोषणा गरे । त्यसअवसरमा वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा नं ९ का वडाध्यक्ष उपेन्द्रराज केसी र वडा नं १० का वडाध्यक्ष शिवराम थापाले सूर्यविनायकको विकासमा सबै वडाहरु सक्रिय रहेको चर्चा गरे ।




भर्खरै