७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा अटो दुर्घटना हुँदा तीनजना घाइते



अ+ अ-

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१० लखिमा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुधौली नगरपालिका ९ का ६४ वर्षीय रेवन्त श्रेष्ठ, सोही ठाउँका ४९ वर्षीय राज भट्टराई र ५१ वर्षीय वेते सार्की घाइते भएका हुन्।

मंगलबार सिन्धुलीको डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको अटो मोटरसाइकललाई साइड दिने क्रममा पल्टिएरको थियो । घाइतेमध्ये श्रेष्ठ र भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (प्रहरी उपरिक्षक) चक्रबहादुर सिंहले जानकारी दिए।

श्रेष्ठको दुबै हात भाँचिएको र शरीरमा गम्भीर चोट लागेको छ भने भट्टराईको एउटा हात भाँचिनुका साथै टाउकोमा गहिरो चोट लागेको छ।

अटो र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।