२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार प्रमुखको चेतावनी, ‘भ्रष्टाचारी, भूमाफिया र बिचौलियालाई छाड्दैनौं’



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारी, बिचौलिया र भूमाफिया कसैलाई पनि नछाडिने बताएका छन् । उनले यी तिनै पक्ष मुलुकको विकास र सुशासनका लागि अवरोधक भएकाले अख्तियारले उनीहरू माथि कठोर कदम चाल्ने चेतावनी दिएका हुन् । घिमिरेले मकवानपुरमा आयोजित कार्यक्रममा बोल्दै सरकारी जग्गामा भएको अनियमितताबारे आयोगले विशेष निगरानी गरिरहेको र छिट्टै कारबाही प्रक्रिया थालिने स्पष्ट पारे ।

प्रमुख आयुक्त घिमिरेले सार्वजनिक जग्गा हडप्ने र मिलिमतो गर्नेहरू सबैलाई अख्तियारले कारबाहीको दायरामा ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे । बिचौलियाका कारण अनियमितताको ग्राफ बढ्न पुगेको तथ्य औंल्याउँदै उनले बिचौलिया माथि अख्तियार कडा रूपमा एक्सनमा उत्रने चेतावनी दिए । उनले बिचौलियाको प्रभाव बढ्दै जाँदा सेवाप्रवाह कमजोर भएको र कुशासन मौलाएकाले विकास निर्माणको कार्यले गति लिन नसकेको स्पष्ट पारे । यो समाचार आजको राजधानी दैनिकमा छ ।




भर्खरै