२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशिएका श्रीमान् २६ वर्षसम्म पनि फर्किएनन्



अ+ अ-

काठमाडौं । २६ वर्षअघि विदेशिएका श्रीमान नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। उनी मलेशिया जाँदा ३ वर्ष पुगेका कान्छो छोरा बिशाल हाल २९ वर्षका भए।

मलेशिया पुगेको दुई वर्षसम्म सम्पर्कमा रहेका श्रीमान त्यसपछि सम्पर्क बिहिन बनेको खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क जोरधाराकी दिलसरा राईले बताईन्।

‘पुर्खौली सम्पत्ती पनि पुग्दो थियो, तर आफ्नो लागि आफै कमाउँछु भन्दै विदेश जानु भएको थियो,’ दिलसराले भनिन्, ‘दुई वर्षसम्म सम्पर्क भयो। त्यसपछि केही अत्तो पत्तो छैन।’

कमाउन विदेशिएका श्रीमानको अत्तोपत्तो नहुँदा हाल दिलसरा र उनका परिवार चिन्तित छन्। लामो समयसम्म सम्पर्कमा नआउँदा हाल नरभक्त ‘मरेको वा बाँचेको’ भन्ने बारेमा परिवारलाई केही जानकारी छैन।

२०१३ सालमा जन्मिएका नरभक्त र दिलसराको ९ वर्षको उमेरमा बिवाह भएको थियो। उनीहरुको चार छोरी र एक छोरा छन्। चार छोरी जन्मिएपछि कान्छो छोरा जन्मिएपछि नरभक्त मलेसिया गएका थिए। नरभक्त विदेशमै दोश्रो विवाह गरेर बसेको हुन सक्ने परिवारको अनुमान छ।

घरको आर्थिक समस्या हल गर्नका लागि विदेशिएका श्रीमान् उतै हराएपछि दिलसराले कष्टकासाथ बालबच्चा हुर्काए। चार छोरीको बिवाह भइसकेको छ। हाल उनी छोरासँग बसिरहेकी छन्।

सम्पत्ती भित्रिने आशामा विदेशिएका श्रीमानबाटै उल्टै पीडा मात्र प्राप्त भएको दिलसराले बताईन्। ऐसेलुखर्क गाउँपालिकाकै माक्पा माईती भएकी उनी हाल ६३ वर्ष पुगिन्।

विदेशिएका श्रीमान वेपत्ता भएको पीडामाथि अहिले जग्गा सम्वन्धी लफडाले दिलसरा सताइएकी छन्। कजाइरहेको जग्गा श्रीमानको नाममा थिएन। सबै जग्गा श्रीमानको बाजेको नाममा छ।

त्यी जग्गालाई श्रीमानको नाम हुँदै आफ्नो नाममा ल्याउन आफन्तबाटै बाधा अड्चन आउने गरेको दिलसराले बताईन्। यो समाचार आजको नागरिक दैंनिकमा छ ।




भर्खरै