२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबारमा एनआइसी एसिया बैंक पहिलो नम्बरमा



अ+ अ-

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार १७ अंक बढीले बजारमा उकालो लागेको हो ।

नेप्से परिसूचक १७ दशमलव १६ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ३६ अंकमा पुगेको छ । आइतबार परिसूचकसँगै कारोबार रकम पनि उच्च देखिएको छ ।

दिनभर भएका ७ हजार ४ सय ४४ कारोबारबाट १६८ कम्पनीका १८ लाख ५४ हजार ८९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ५३ करोड १७ लाख २५ हजार ६ सय ६३ रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचक १७ अंकले बढे पनि सबै समूह भने बढेका छैनन् । बैंकिङ समूह सबै भन्दा धेरै २८।१९ अंकले बढ्दा निर्जीवन बीमा समूह सबैभन्दा धेरै १९।२१ अंकले ओरालो लागेको छ ।

बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र जीवन बीमा समूह उकालो लागेका छन् भने जलविद्युत्, निर्जीवन बीमा उत्पादनमूलक र लघुवित्त समूहहरु ओरालो लागेका छन् ।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक पहिलो नम्बरमा देखिएको छ । एनआइसी एसियाकोमात्रै आइतबार ६ करोड ६४ लाख७२ रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । ३ करोड रुपैयाँ बढीको कारोबार गर्दै एनएमबि बैंक दोस्रो स्थानमा देखिएको छ ।