२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत बन्न सिंहदरबार र बालुवाटार धाउनेको संख्या बढ्याे, प्रधानमन्त्रीका सल्लाहकार सामु बायोडाटाको चाङ



अ+ अ-

काठमाडौं । राजदूत बन्न नाता जोड्दै वैयक्तिक विवरण बोकेर सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेको संख्या बढ्दो छ । सरकारले ६ देशमा राजदूत नियुक्ति प्रक्रिया अघि पछि बिस्तारै यो क्रम बढ्को हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसामु बायोडाटाको चाङ लागेको छ । बायोडाटा बुझाउनेमा अधिकांश पूर्वकर्मचारी छन् ।

दक्षिण कोरिया, स्पेन र बंगलादेशबाट सरकारले राजनीतिक ‘प्रतिशोध’ साँधेर राजदूत फिर्ता गरेको तीन महिना पुग्दै छ । ती देशमा अहिले उपसचिव र शाखा अधिकृत तहका कार्यवाहकले दूतावास चलाएका छन् । दक्षिण अफ्रिकाका राजदूत अमृतबहादुर राईलाई सरकारले कार्यकाल सकिनु एक महिनाअघि फर्काएर न्युयोर्कको स्थायी प्रतिनिधि नियुक्त गरेको हो ।

सरकारले अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, स्पेन, दक्षिण अफ्रिका र बंगलादेशमा राजदूत नियुक्त गर्दै छ