२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार निर्वाचन : लोकतान्त्रिक प्यानलले अग्रता



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएशनको शनिबार भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलले अग्रता लिएको छ ।

लोकतान्त्रिक प्यानलका निर्वाचान प्रचारप्रसार समितिका संयोजक राजु कटुवालका अनुसार समूहका सुनिलकुमार पोखरेलले ७ सय ३४ मतका साथ अग्रता लिएका छन्। बाम गठबन्धन समर्थित प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी श्रेष्ठले ६ सय ६९ मत ल्याएका छन् ।

कटुवालले महासचिवमा पनि प्रजातन्त्रवादी समूहले अग्रता हासिल गरेको छ, जस अनुसार सो समूहका लीलामणि पौडेलले ७ सय २१ मत पाउँदा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ६ सय ५० मत पाएको बताएका छन् ।

सोमबारदेखि सुरु भएको निर्वाचन मतगणनामा मंगलबार अपराह्नपछि मात्रै लोकतान्त्रिक प्यानलले अग्रता हाँसिल गरेको हो ।