२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षामन्त्री पोखरेलको अमेरिका मोह, शान्ति मिसन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम



अ+ अ-

अमेरिका । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित तीन सदस्यीय टोली अमेरिका आइपुगेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन रक्षामन्त्री पोखरेल न्युयोर्क पुगेका हुन् ।

बुधबार न्यूयोर्कपुगेको रक्षामन्त्री पोखरेलले उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। पोखरेलले बैठकमा नेपाली सेना र नेपाल प्रहरीले पुर्‍याएको योगदानबारे जानकारी गराउने छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुने मन्त्रीस्तरीय बैठकमा सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी छलफल हुने छ ।

रक्षामन्त्री पोखरेलसँगै नेपाली सेनाका महासेनानी चोकबहादुर ढकाल र परराष्ट्र मन्त्रालयका सहसचिव धनश्याम भण्डारी पनि रहेका छन् ।
उनीहरुको स्वागत गर्न राष्ट्रसंघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राई, बाणिज्यदूतावास न्यूयोर्कका प्रमुख पुष्पराज भट्टराईलगायत नेकपा सर्मथित नेता विमानस्थल पुगेका थिए।