२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषसहित दुई युवा पक्राउ



अ+ अ-

विराटनगर । लागुऔषसहित दुई युवा इटहरीबाट पक्राउ परेका छन्।

अफिमको मिसावट भएका विभिन्न नामका ट्याब्लेट औषधि बिक्री गर्दै गरेका युवालाई इटहरी प्रहरीले पक्राउ गरेको हो।

इटहरीका अलगअलग स्थानबाट सोमबार प्रक्राउ गरिएको इटहरी प्रहरी प्रमुख डिएसपी समिरचद्र खरेलले जानकारी दिएका छन्।


एसपी खरेलका अनुसार इटहरी ४ को राजमार्गमा को ३३ प ५७२२ नम्बरको मोटर साइकल जाँच गर्दा पक्राउ गरेका मोरङ बवियाबृताका जीतेन्द्र राजवंशी र पाँचथर घर भइ इटहरी–२ मा डेरा गरी बस्ने दिनेस संग्रौलाको कोठाबाट लागुऔषध बरामद भएको हो ।

राजवंशीको साथबाट नाइट्रेजेपाम ट्यावलेट १ सय ८० पत्ता, ट्रामाडोल क्याप्सुल ४०० पत्ता रहेको छ। त्यस्तै उनको कोठाबाट समेत स्पासमेपिभन ५ सय ८४ क्याप्सुल, स्पापेन सीप्लस ८ सय ५० ट्वावलेटलगायत विभिन्न नामका औषधि भेटिएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै सांग्रौलाको कोठाबाट भने ट्रामाडोल नामको औषधि ३ हजार २ सय ३० क्याप्सुल भेटिएको छ।

प्रहरीले दुबैलाई लागुऔषध प्रयोगकर्ता बनेर लागुऔषध खरिद गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

उनिहरु विरुद्ध लागुऔषध खरिद तथा बिक्री वितरणअन्तर्गत मुद्धा चलाइने बताएको छ।