२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरीको मृत्युपछि अस्पतालमा तोडफोड, सेवा ठप्प



अ+ अ-

धनगढी । सुत्केरीको मृत्युपछि सेती अञ्चल अस्पतालको प्रसूति सेवा प्रभावित भएको छ । शल्यक्रिया गरेको चौथौ दिन चैत ७ गते धनगढी उपमहानगरपालिका–१२ की रेखा कडायत थापाको मृत्यु भएपछि सूति सेवा प्रभावित भएको हो ।

मृतकका आफन्तले चैत ८ र ९ गते अस्पतालमा तोडफोड गरेका थिए । ७० शैया रहेको उक्त अस्पतालमा दैनिक २० भन्दा बढी गर्भवती आउने अस्पतालमा पाँच दिनयता एक जना मात्र भर्ना भएका छन् ।

अस्पतालका सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार सुत्केरी मृत्यु प्रकरणको अनुसन्धान विशेष टोलीले अघि बढाएको छ ।
काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहका वरिष्ठ चिकित्सक सन्देश पौडेल नेतृत्वको टोली छानबिन गर्न आएको अस्पतालले जनाएको छ ।