२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ औं शताब्दीमा दमनकारी राजनीति सुहाउदैन्,विप्लवसँग सरकारले वार्ता गर्नुपर्छ : कोइराला



अ+ अ-

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दमनकारी राजनीति २१ औं शताब्दीमा नसुहाउने बताएका छन् । उनले नेत्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दबाउने ओली सरकारले दमनकारी व्यबहार गरेको भन्दै उक्त क्रियाकलाप सरकारमा बसेकाहरुलाई नसुहाउने बताएका हुन् ।

प्रेस युनियन दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले १२ वर्ष युद्ध गरेको तत्कालीन माओवादीलाई वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउन सकेको सन्दर्भ उल्लेख गर्दै कोइरालाले अहिले चन्दलाई पनि आतंकित नपारेर छलफलमा ल्याउन सक्नुपर्ने धारणा व्यक्त गरे ।

“वार्ता र छलफलबाट समाधान खोज्नुको साटो दबाउने र प्रतिबन्ध लगाउने काम उचित छैन, ‘कोइराला’ले भने, सरकारका कामहरु जबरजस्ती, स्वेच्छाचारी र दमनकारी भैरहेको छ ।

कोइरालाले सबै असमझदारी र असन्तुष्टीलाई मेलमिलाप र वार्ताको माध्यमबाट हटाउन सुझाव दिए