२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासस को ५८ औँ वार्षिकोत्सव : पुरस्कार प्रदान



अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय समाचार समिति (रासस) ले ५८ औँ वार्षिकोत्सवका अवसरमा आज उत्कृष्ट ठहरिएका समाचारदातालाई समाचार, आलेख, फोटो र श्रव्य सामग्री विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक राधेश्याम विष्ट र पूर्वमहाप्रबन्धक तथा पत्रकार गोकुलप्रसाद पोखरेललाई विशेष सम्मान गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उप–समाचारदाता नीरजकुमार गौतमलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रहेको छ । 

त्यसैगरी रासस कर्मचारी सङ्घको तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार’ अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख सोमनाथ लामिछाने (केन्द्रीय कार्यालय) र वरिष्ठ सवारी चालक केशव खत्री (केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ । 

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ प्रमुख समाचारदाता तीर्थ भट्टराई (केन्द्रीय कार्यालय) र उप–व्यवस्थापक रामलाल श्रेष्ठ (केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५०० रहेको छ । इमानदारीपूर्वक कार्य गरेबापत कार्यालय सहयोगी ज्ञानु तिमिल्सिनालाई सम्मान गरिएको छ । 


यो वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ उदयपुर जिल्लाका स्थानीय समाचारदाता (स्ट्रिङ्गर) हरिकुमार राईलाई प्रदान गरिएको छ । 

उत्कृष्ट जिल्ला समाचारदाताकातर्फ प्रदेश नं ३ का कृष्णराम परियार (मकवानपुर) र काठमाडौँ उपत्यकाकी मीना घोरसाइने (काठमाडौँ) लाई पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट आलेखतर्फ प्रदेश नं ३ का आदित्य दाहाल (काठमाडौँ), काठमाडौँ उपत्यकाका समाचारदाता रमेश लम्साल र सिवी अधिकारी (काठमाडौँ) र अङ्ग्रेजी समाचार शाखाकी उपसम्पादक पवित्रा गुरागाईं (काठमाडौँ) पुरस्कृत हुनुभएको छ । 

त्यसैगरी उत्कृष्ट फोटोतर्फ प्रदेश नं ३ का फोटोपत्रकार नवीन पौडेल (काठमाडौँ), उत्कृष्ट श्रव्यतर्फमा केन्द्रीय कार्यालय (प्रदेश नं ३) का वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने (काठमाडौँ) ले पुरस्कार प्राप्त गर्नुभएको छ । 

राससमा २० वर्ष अविछिन्न रुपमा स्थायी सेवा पूरा गर्नु हुने लेखा शाखा प्रमुख रुद्रमणि अधिकारी (केन्द्रीय कार्यालय), प्राविधिक शाखा प्रमुख धीरेन्द्रकुमार दत्त (केन्द्रीय कार्यालय) र वरिष्ठ सम्पादक मोहिनी रिसाल (केन्द्रीय कार्यालय) लाई दीर्घसेवा तथा पुरस्कार प्रदान गरिएको छ । 

राज्यको एकमात्र आधिकारिक समाचार समिति रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको थियो । यसले विभिन्न आमसञ्चार माध्यमका लागि समाचार, आलेख, फोटो, श्रव्य सामग्री, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सेवा उपलब्ध गराउँदै आएको छ । 




भर्खरै