२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाली विद्रोहीबीचको झडपमा मृत्यु हुनेको संख्या ५० जना पुग्यो



अ+ अ-

बेरुत । सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम ९एचटीएस० र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ ।

बुधबार नै झिमेकी प्रान्त इडलिबमा पनि यिनै दुई समूहबीच हिंसा भडकिएको थियो । सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार इडलिब विद्रोहीहरुको अन्तिम अखडा पनि हो ।

अब्जरभेटरीका प्रमुख अब्देल रहमानले इडलिब प्रान्तको उत्तर र दक्षिणपूर्वी भेगमा लडाइँ अझ तिब्र भएको बताउनुभयो । उहाँले झडपमा ४८ जनाको मृत्यु भएको पुष्टी भइसकेको बताउनुभयो । मङ्गलबार यो संख्या १९ थियो ।

एचटीएसले विद्रोही समूह नुरेद्दीन अल–जिन्कीले आफ्ना पाँच जना लडाकूको हत्या गरेको आरोप लगाएको छ ।

एचटीएसले जिन्की समूहका दर्जनौं लडाकूलाई गिरफ्तार गरेको जनाएको छ ।

सिरियामा सरकार विरोधी प्रदर्शन सन् २०११ मा भडकिएको थियो । उक्त प्रदर्शनलाई सरकारले निर्ममतापूर्वक दमन गरेको थियो, जसका कारण सिरियामा गृहयुद्ध प्रारम्भ भएको थियो । सिरियामा हाल अनगिन्ती लडाकू समूह सक्रिय छन्, र तिनीहरुलाई विदेशीहरुको पनि साथ सहयोग प्राप्त छ ।

सिरियामा जारी गृहयुद्धमा हालसम्म तीन लाख ६० हजारको मृत्यु भइसकेको छ भने लाखौं सिरियाली विस्थापित भएका छन् ।