२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य मालीमा ३७ जनाको हत्या भएपछि सातजना पक्राउ



अ+ अ-

बामाको । मालीको दुर्गम काउलोगोन गाउँमा नयाँ वर्षको अवसरमा शस्त्रधारी स्थानीयबासीबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ । माली सरकारका अनुसार उक्त हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

मालीको गृह मन्त्रालयले मालीको सैन्यबललाई तत्कालै घटनास्थलमा पठाएको जनाएको छ । घटनास्थलमा पुगेको फौजले शंकास्पद सात जनालाई पक्राउ गरेको छ, तर उनीहरुका बारेमा विस्तृत विवरण दिएको छैन ।
मङ्गलबार भएको उक्त घटनामा डोगोन समुदायका मानिसले फुलानी गाउँका मानिसमाथि आक्रमण गरेको विश्वास गरिएको छ ।

मालीको सोही फौजले बुर्किनाफासोसँगको सीमा क्षेत्रमा समेत पुगी आगजनीको घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनामा सैनिक कारबाहीमा एक जनाको मृत्यु हुनुका साथै अरु २४ जनालाई पक्राउ गरिएको छ ।

मालीमा सक्रिय सशस्त्र विद्रोही समूहका कारण फ्रान्सेली सैनिकले मालीको सरकारी फौजलाई सन् २०१२ देखि मद्दत गरिरहेको छ । गत नोभेम्बरमा फुलानी लडाकू नेता अमाडोउ कोउफाको मृत्युपश्चात मालीका सशस्त्र समूहहरुबीच आपसी कलह बढेको छ ।

फुलानी र डोगोन समुदायबीच जमिन र पानीको विषयमा विवाद छ ।

उक्त क्षेत्रमा सन् २०१८ मा मात्र पाँचसय भन्दा बढी नागरिकको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । अन्तर–समुदाय हिंसालाई न्यूनीकरण गर्न ठूलो सैन्य अभियान सञ्चालन गर्न लागेको मालीको गृह मन्त्रालयले जनाएको छ ।