२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारमा मुछिएका काँग्रेस नेता तनाबमा, सर्वोच्चमा ४४ पटक पेसी सर्यो



अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालतमा प्रधान्यायाधीश बन्नासाथ भ्रष्टाचारका मुद्दालाई प्राथमिकतामा राख्ने घोषणा परम्परा नै बनेको छ । कल्याण श्रेष्ठ, सुशीला कार्की , गोपाल पराजुली, ओमप्रकाश मिश्रसम्मले जस्तै नवनियुक्त चोलेन्द्रशमशेर जबराले पनि त्यही प्रतिबद्धता दोहोर्याएका छन् । तर, वास्तविकता के छ भने वर्षमा दुईदेखि तीन प्रतिशत मात्र यस्ता मुद्दा फैसला हुने गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको पेसी सर्वोच्च अदालतमा ४४ पटक तोकेर पनि स्थगित भएको छ । १० पटक हेर्न नभ्याउने र १८ पटक हेर्न नमिल्ने सूचीमा राखियो । यस्तै, ७ पटक स्थगित, एकपटक प्रमाण झिकाउने र एकपटक हेर्दाहेर्दैमा राखियो । ७ पटक पेसीबाटै हटाइयो । पूर्वप्रधानन्यायाधीशको दामोदरप्रसाद शर्माको पालादेखि हालसम्म यही क्रम चलिरहेको छ ।