२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कर्मचारीको रबैया, २५ लाख घूससहित करोडौंको जग्गा किर्ते



अ+ अ-

काठमाडौं। मालपोत कार्यालय चावहिलका कर्मचारीको मिलेमतोमा नक्कली व्यक्ति खडा गरी अर्काको जग्गा दर्ता गरेको आरोप पिडीत पक्षले लगाएको छ । साबिकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गाधनी गणेशलाल मानन्धरको नाममा जग्गा पास हुनुपर्नेमा मालपोतका कर्मचारीको मिलेमतोमा अर्कै व्यक्तिको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाइएको आरोप पीडित पक्षले लगाएको छ ।

चावहिल मालपोत कार्यालयका कार्यालय प्रमुख पदमप्रसाद अर्याल, नायब सब्बा सुरेन्द्र तामाङ तथा खरिदार लक्ष्मण बस्नेतले २५ लाख रकम घूस लिएर श्रेता नै सच्चाएर अर्को नक्कली व्यक्ति खडा गरी जग्गा दर्ता गराएको उजुरी समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।

यसरी नक्कली व्यक्ति खडा गरी जग्गा हडपेको भन्दै सक्कली जग्गा धनीले आयोगमा उजुरी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यही पुस ८ गते दर्ता भएको दर्ता नं. ११७१५ को उजुरीमा मालपोत कार्यालय चावहिलका तीन जना कर्मचारीले नक्कली व्यक्ति खडा गरी लालपुर्जा बनाएकाले कारबाहीको माग गरिएको छ ।

साविकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गामा सर्वोच्च अदालतबाट गएको साउन ३० गते भएको फैसलाबामेजिम जग्गा दर्ता गराउनुपर्नेमा सम्बन्धित व्यक्तिले छानविन गरेर मात्रै जग्गा दर्ता प्रक्रिया अघि बढाउन निवेदन दर्ता गरिसकेको अवस्थामा मालपोत कार्यालयका तीन जना कर्मचारीको विशेष पहलमा गैरकानुनी काम भएको उजुरीमा उल्लेख गरिएको छ । यो खबर आजको नेपाल समाचारपत्रले लेखेको छ ।