२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारमा महालक्ष्मी नगरवासीलाई छुट



अ+ अ-

गोदावरी । ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल र महालक्ष्मी नगरपालिकाबीच नगरका जनतालाई उपचारमा १५ प्रतिशत सहुलियत दिने सम्झौता भएको छ ।

गत साउन २० गते नगरपालिकाद्धारा घोषित ‘स्वस्थ, स्वच्छ, सफा, समृद्ध, सुन्दर नगर’ अभियान सफल पार्न अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापा र नगर प्रमुख रामेश्वर श्रेष्ठबीच पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अस्पताल र नगरपालिकाबीच शुक्रबार भएको सम्झौतापत्रमा वडाबाट सो नगरभित्रको नागरिक भएकोे परिचयपत्र वा नागरिकताको फोटोकपी पेश गरेका आधारमा छुट दिइने छ ।

नगरपालिकाले जनसमुदायलाई स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा चेतना जगाउन सूचनामूलक सन्देश सार्वजनिक स्थानमा प्रसारण गराउने, लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालले प्रदान गरेको दन्त कुर्सी एवं दन्त रोगको उपचारमा आवश्यक सामग्री पूर्ति गर्ने, सर्ने र नसर्ने रोगको संङक्रमणबाट सर्वसाधारणलाई सुरक्षित राख्न जनस्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेलगायत सम्झौता गरिएको छ ।

सो अभियान सफल बनाउन अस्पतालले नगरपालिकाका १० वटै वडामा आलोपालो गरी कम्तीमा महिनाको एक पटक विशेषज्ञ टोलीसहितको स्वास्थ्य शिविर आयोजना गर्ने, नगरक्षेत्रबाट अस्पतालसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, सरकारबाट प्रायोजित निःशुल्क कार्यक्रम जस्तै खोप, क्षयरोगको औषधि वितरण, प्रसूतिसेवा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिकका लागि डायलाईसिस सेवा तथा परिवार नियोजनलाई प्रभावकारी तरिकाले निरन्तरता दिई जनस्तर सम्म पुर्याइने सो सम्झौतामा उल्लेख छ । साथै सो सम्झौतामा एउटै बहिरङ्ग टिकटबाट विभिन्न रोगका चिकित्सकसँग स्वास्थ्य परीक्षण गराई आवश्यक परामर्श लिन सकिने व्यवस्था गरिने उल्लेख छ ।
रासस