२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा यस वर्षकै सबैभन्दा चिसाे, तापक्रम ०.५ डिग्री सेल्सियस



अ+ अ-

काठमाडौँः काठमाडौँ उपत्यकाको तापक्रम एक डिग्रीभन्दा तल झरेको छ । तापक्रम घटेसँगै आज साेमबार वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस थियो । अब केही दिन काठमाडौँको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार डडेल्धुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ । विभागका अनुसार धरानको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस अधिकतम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।