७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले पहिचानको मुद्दा छाडेको छैन: अध्यक्ष दाहाल



अ+ अ-

ललितपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको स्पष्ट पार्नुभएको छ ।    नेपाल संवत् ११४२ का अवसरमा आज नेवाः मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधानसभामा पहिचानको सम्बन्धमा १२ बुँदे भिन्न मत राखिएको बताउनुभयो ।
 
 “पहिचानको मुद्दा हामीले छाडेको होइन, संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएकामा हाम्रो विरोध स्थापित गरेका छौँ”, उहाँले भन्नुभयो ।   मुलुक र जनतालाई अधिकारसम्पन्न बनाएको देशीविदेशी प्रतिक्रियावादीलाई पटक्कै मन नपरेको उल्लेख गर्दै उहाँले उनीहरु अहिले माओवादीलाई कमजोर बनाउन लागि परेको बताउनुभयो ।
 
“माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले कसरी टाउको उठाउँदा रहेछन् भन्ने देखियो, परिवर्तन उल्ट्याउन र प्रतिक्रान्ति गर्न खोज्दा रहेछन् । त्यो देखेर हामी झस्क्यौँ र सडकमा पनि गयौँ, जनताको बलमा प्रतिगामी कदमलाई परास्त ग¥यौँ”, उहाँले भन्नुभयो ।
 
 देशलाई समाजवादी मुलुकतर्फ लैजाने क्रान्तिकारी पार्टी निर्माणको अभियानमा आफू जुटेको उल्लेख गर्दै उहाँले आगामी राष्ट्रिय सम्मेलनमार्फत पार्टीलाई क्रान्तिकारी ढङ्गले अगाडि बढाउने बताउनुभयो ।

 “हामीले फेरि एकपटक उत्पीडित वर्ग समुदायका मुद्दा र समाजवादी क्रान्तिको रणनीतिलाई लागू गर्न नयाँ ढङ्गको क्रान्तिकारी पार्टी बनाइछाड्ने सङ्कल्प गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका निम्ति जरुरी पर्छ भने जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने सङ्कल्पमा पार्टी छ ।”  पार्टीले जिम्मेवारी लिएको मन्त्रालयकातर्फबाट जनतालाई राहत दिइएको जानकारी दिँदै जनताका समस्या समाधानका लागि पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । रासस