७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा(एस)को विदेश विभाग प्रमुखमा झलनाथ खनाल



अ+ अ-

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन हुनुभएको छ । सो पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ । 

यस्तै सदस्यहरुमा डा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही हुनुहुन्छ । डा. वेदुराम भुसाल प्रमुख रहनुभएको सङ्गठन विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रकाश ज्वाला हुनुहुन्छ । 

यस्तै, सदस्यमा अशोक कोइराला, बलदेव चौधरी सदस्य हुनुहुन्छ । शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र लक्ष्मण केसी उपप्रमुख हुनुहुन्छ । सदस्यहरुमा कमला तुलाधर, डा चन्द्र ढकाल, डा उद्धव पोखरेल, गुणाखर गैर र सरोज खतिवडा सदस्य हुनुहुन्छ । पार्टीले विपद् व्यवस्थापन विभाग पनि गठन गरेको छ । विभागमा नेता तुलाधर नै प्रमुख हुनुहुन्छ । सूर्यबहादुर थापा, आयाम पाण्डे, डा राजु थापा र विष्णु तिमिल्सना सदस्य हुनुहुन्छ । 

गोविन्द कोइराला प्रमुख रहनुभएको सहकारी विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईं हुनुहुन्छ । सदस्यहरुमा नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान हुनुहुन्छ । बुधबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकबारे आज जानकारी दिँदै नेकपा(एस)ले वर्तमान सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशन अनुसार प्रभावकारी काम गर्ने, मन्त्री तथा मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेर मात्रै गर्नुुपर्नेमा जोड दिइएको छ । 

पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिव डा तुलाधर र डा विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरिएको छ । यही कात्तिक २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको छ । पार्टीले आकर्षक नारा लेखिएका लाखौँ स्टिकर छापी जनतामा वितरण गरेर पार्टीको प्रचार गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पु¥याएको क्षतिको मर्मत कार्य छिटोभन्दा छिटो सम्पन्न गरी काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति गर्न सरकारलाई बैठकले आग्रह गरेको छ । रासस