२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० मा



अ+ अ-

गोदावरी । जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली प्रकाशन, २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ, भने ३० गते जिसस कैलालीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १३ पालिका भएको जिल्लामा २६ जनाले मतदाता गर्न पाउने छन् । एक जना स्वतन्त्ररुपमा विजयी हुनुभएका जनप्रतिनिधि हुनुहुन्छ भने एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लड्नुभएका नेपाली कांग्रेसका पालिका अध्यक्ष हुनुहुन्छ ।

यी दुई पालिका प्रमुख र अध्यक्षको मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ । जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि सत्ता गठबन्धनसँग १४ मत आवश्यक पर्नेमा १३ मत छ । कांग्रेससँग ८, माओवादीसँग ४ र एकीकृत समाजवादीसँग एक मत गरेर जम्म १३ मत हुन्छ ।

गठबन्धनविरुद्ध उम्मेदवारी दिएको जनाउँदै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई कारबाही गरिएको थियो । जिल्लाका चार स्थानीय तह जितेको नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५ मत मात्रै छ । एमाले र नागरिक उन्मुक्ति मिल्दा पनि १२ मत मात्रै हुन्छ ।
कांग्रेस र नागरिक उन्मुक्तिले प्रमुख आफूले पाउनुपर्ने दाबी गरिरहेको जनाइएको छ ।